
चितवनः त्रिशुली नदीमा ट्याक्सी खस्दा चालक सहित ६ जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ पृथ्वी राजमार्गको सिमलधार नजिक काठमाण्डौंबाट गोरखा जान आईरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडक बाट ७०÷८० मिकटर तल त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीका अनुसर मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका वडा नम्बर ७ का ३५ बर्षिय अर्जुन शिर्मल, ट्याक्सिमा सवार ४१ बर्षिय हरिमायाँ रोकाय, ७० बर्षिया जुनकिरी रोकाय, २८ बर्षिया अन्जना रोकाय, ९ वर्षिय आगमन नगरकोटी रहेका छन् । यस्तै ट्याक्सिमा सवार १८ बर्षिय दिवश रोकाय हाल सम्म फेला नपरेको उहाँले जानकारी दिनुभयो । बेपत्ता भएका दिवशको खोजिकार्य जारी रहेको छ ।
दुर्घटना आज बिहान ७ः १५ वजे भएको हो ।