चितवनः भरतपुर महानगरपालिकाको भ्रमण वर्ष सन् २०२४ उद्घाटन समारोह जस्तै गरी तदारुपताका साथ काम गर्न सके अपेक्षा अनुसार पर्यटक भित्र्याउन सफल भईने सरोकारवालाहरुले बताएका छन् । भरतपुर महागरपालिकाले यहाँ आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ मुल समारोह समिति समुद्घाटन समारोह समिक्षा कार्यक्रममा बोल्ने सरोकारवालाहरुले उद्घाटन समारोहमा जसरीनै अन्य समयमा पनि खटेर भ्रमण वर्षलाई सफल वनाउनु पर्ने बताएका हुन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहालले भ्रमण वर्षलाई अझै प्रभावकारी वनाउनका लागि सबै तहाट एक जुट भएर लाग्नु पर्ने बताउनुभयो । भ्रमण वर्षको उद्घाटनले एक किसिमको सन्देश दिएको भन्दै उहाँले त्यो सन्देश अनुसार सबै एक भएर लाग्न जरुरी रहेको बबताउनुभयो । उहाँले भन्नुभयो “भ्रमण वर्षले जुन सन्देश दिएको छ । त्यसलाई पच्छ्याउँदै अघि वढ्न जरुरी छ ।”
बागमती प्रदेश सभा सदस्य एं पूर्ब मन्त्री उत्तम जोशीले यहाँ भएका बिकास संगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सके भ्रमण वर्ष फलदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो “भ्रमण वर्षलाई सफल बनाउन यहाँका पर्यटकीय क्षेत्र संगै बिकास निर्माणका बिषयमा सबै तहल प्रचार गरौं ।” भ्रमण वर्ष लक्षित कार्यक्रमहरुलाई निरन्तरता दिन आश्यक रहेको उहाँको भनाई थियो । उद्घाटन समारोह भव्य भए अनुसारका गतिबिधिहरु समेत अब हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब ध्रुर्ब पोख्रेल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एमालेका प्रकाश ढुङ्गाना, नेकपा समाजबादीका उपाध्यक्ष कृष्णराज न्यौपाने लव्लिले भरतपुर भ्रमण वर्ष सफल बनाउन दलहरु प्रतिबद्द रहेको बताउनुभयो । भरतपुर भ्रमण वर्ष संगै यहाँ हुने गतिबिधिहरुले यहाँको अर्थतन्त्र चलायमान हुने भन्दै उहाँहरुले उद्घाटन समारोह जस्तै उत्साहाका साथ सबै भ्रमण वर्ष सफल बनाउन लाग्नु पर्ने बबताउनुभयो ।
उद्योग संघ चितवनका अध्यक्ष सूर्य न्यौपानेले उद्घाटन सत्रमा जस्तै नीजि क्षेत्रले भ्रमण वर्ष सफल बनाउन लागि परेको बबताउनुभयो । उहाँले भन्नुभयो “भ्रमण वर्ष उद्घाटनमा मात्रै होईन पुरै वर्ष सफल बनाउन हामी लागि परेका छौ ।”
सो अबसरमा मूल समारोह समितिका उप संयोजक राजु पौडेल र भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्षलाई प्रभावकारी बनाउन सबैको साथ र सहयो आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक एबं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्ष उद्घाटन समारोहमा जस्तै वर्ष भरीनै सबैको सक्रियताले मात्रै भ्रमण बर्ष सफल हुने बताउनुभयो । उद्घाटन पछि अहिले महानगरमा भएका गतिबिधिहरुलाई अझै प्रभावकारी रुपमा बढाउन महानगरपालिका लागि परेको परेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अब हामीले भ्रमण वर्षलाई कसरी सफल वनाउन सकिन्छ भन्ने तर्फ केन्द्रित हुन जरुरी छ ।” संघ र प्रदेश सरकारले समेत भ्रमण वर्षलाई महत्वका साथ हेरेको उहाँले बताउनुभयो । भ्रमण वर्ष उद्घाटन संगै दुईवटा महत्वपूर्ण पर्यटकीय गन्तव्य दियालो वंगला महानगरले संञ्चालन गर्न पाउने सहमती एबं भरतपुर महानगरपालिका वडा नम्बबर ६ देवनगरमा सर्बसाधारणका लागि बाघ हेर्न पाउने व्यवस्था मिलाई सकिएको उहाँले जानकारी दिनुभयो । यस्ता गन्तव्यहरु प्हिचान र तीनको प्रबर्धनमा महानगरपालिका लागिरहने उहाँको भनाई थियो ।
सो असरमा भ्रमण वर्ष उद्घाटन समारोहमा सोभा यात्रामा सहभागी हुने वडाहरुबाट प्रथम हुने भरतपुर महानगरपालिका वडा नम्बर २८, दृतिय हुने वडा नम्बर ३ र तृतिय हुने वडा नम्बबर १० लाई सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो । यस्तै बिध्यालय तर्फ बालकुमारी कन्या माध्यामिक बिद्यालय, आदिकबि भानुभक्त माध्यामिक बिद्यालय र ग्रान्डी इङ्लिस बोर्डिङ् स्कूल क्रमश प्रदश, द्धितीय र तृतीय भएका छन् । उनीहरुलाई समेत सम्मान र पुरस्कार प्रदान गरिएको थियो । सोभायात्रामा सहभागी समुह, गुठी, संघ संस्था, जातजातीहरुलाई समेत पुरस्कृत तथा सम्मानीत गरिएको थियो । कार्यक्रममा भ्रमण वर्ष उद्घाटनको समारोहमा भएको खर्च बिबरण समेत सार्बजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !