चितवनः त्रिशुली नदीमा ट्याक्सी खस्दा चालक सहित पाँच जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ पृथ्वी राजमार्गको सिमलधार नजिक काठमाण्डौंबाट गोरखा जान आईरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडक बाट ७०÷८० मिकटर तल त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीका अनुसर मृत्यु हुनेमा ट्याक्सीमा सवार एक जना बालक, २ जना पुरुष र २ जना महिलाको घटना स्थलमानै मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन् । नदिमा खसेको ट्याक्सीको आधी भाग देखिएको उहाँले जानकारी दिनुभयो । दुर्घटना आज बिहान ७ः १५ वजे भएको हो ।

प्रतिक्रिया दिनुहोस !