चितवन: जिल्लामा नदिजन्य वस्तुको संरक्षण गर्नका लागि सबै सरोकारवालहरुले निगरानी वढाउनु पर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । जिल्ला समन्वय समितिले शुक्रबार  यहाँ आयोजना गरेको दिगो रुपमा नदिजन्य बस्तुहरुको संरक्षण र उत्खनन् अभ्यास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले अहिले नदिजन्य बस्तुको उत्खनन् जथाभाबि हुँदा समस्या बढ्दै जाने उनीहरुले बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले जिल्लामा चुरे क्षेत्रको दोहन वढ्न नदीन सबै निकायको सक्रियता आबश्यक रहेको बताउनुभयो । स्थानिय तह, स्थानिय प्रशासन र सरेकारवालाहरुको सक्रियता बिना नदिजन्य वस्तुको अबैध उत्खनन् रोक्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अनाधिकृत उत्खनन् रोक्न सबैले निगरानी वढाऔं ।”
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बातावरणीय प्रभाव मूल्याङ्कन गर्नु अघिनै निरिक्षण गरेर प्रतिबेदन वनाउन आबश्यक रहेको बताउनुभयो । खोलाको अस्था बारे अध्ययन गरेर मात्रै सिफारी गर्न सरोकारवालाहरुलाई उहाँले आग्रह गर्नुभयो । डिभिजन वन कार्यालय र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले यस बिषयमा बिशेष ध्यान दिन आबश्यक रहेको उहाँले बताउनुभयो । नदि जन्य वस्तुको जथाभाबि उत्खनन् रोक्न सके पालिकाको आर्थिक बृद्धिदर बढ्ने भन्दै उहाँले स्थानिय तहले बढि तदारुपता देखाउन आबश्यक रहेको बताउनुभयो ।
चुरे क्षेत्रमा नदिजन्य बस्तु उत्खनन्को अबबस्था, नदि जन्य वस्तु उत्खनन्को कारण, असर र प्रभाव, कानुन तथा नितिहरु बिषयमा कार्यपत्र प्रस्तुत गर्दै राट्रपति चुरे तराई मधेश संरक्षण किास समितिका चितवन प्रमुख श्याम बाबु लोप्चनले कारवाही गर्ने कानुनी आधारका कमिका कारण नदिजन्य वस्तुको उत्खनन् वढ्दै गएको बताउनुभयो । बनहरुले सिफारीस दिदाँ समेत क्षेत्राधिकार भन्दा बाहिर गएर सिफारी गर्ने गरेको, नियन्त्रणमा लिईएका साधनको कारवाही र क्षतीको व्यवस्था आँफुहरु संग नहुनुले समस्या बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “एउटै नदीलाई तीन चार भागमा बर्गिकरण गरेर सहमती माग्ने प्रचलनले समेत उत्खनन् रोक्न नसकीएको हो ।”
यसलाई नियन्त्रण गर्न डिभिजन वन कार्यालय चितवनले समेत यसमा कडाई गर्नुपर्ने उहाँको भनाई थियो । डिभिजन वन कार्यालय चितवनका वन अधिकृत अजय हुमागाईले नदि जन्य बस्तुहरु उत्खनन् सम्बबनिध कानुन तथा नितिहरु बिषयक कार्यपत्र प्रस्तुत गर्दै सामुदायीक वन स्तरबाटै उत्खनन् सम्बबनिध सचेतना जगाउन आबश्यक रहेको बताउनुभयो । गाउँ स्तरमा जनचेतना जगाईएको भए पनि व्यवसायीको त्रासका कारण काम प्रभावकारी हुन नसकेको कालिका नगरपालिकाका अधिकृत प्रकाशचन्द्र पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !