चितवनः क्यान्सर रोगबाट पीडित बिरामीहरुको उपचारका लागि एक दम्पतीले आफ्नो घर जग्गा बेचेर सहयोग कोष स्थापना गर्नुभएको छ । काठमाडौको किर्तीपुर नगरपालिका वडा नम्बर १ ट्याङ्लाफाँट बस्ने ७३ वर्षिय तीर्थ राज पराजुली र उहाँकी श्रीमती शारदा देवी पराजुलीले आफ्नो घर जग्ग बेचेरो क्यान्सर पीडित बिरामीको उपचारका लागि विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गर्नुभएको हो ।
उहाँहरुले आफ्नो छोरा स्व. डा. अञ्जन पराजुलीको सम्झनामा रु १ करोड १ लाख ११ हजार १११ बराबरको अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष स्थापना गर्नुभएको हो । पराजुली परिवारले काठमाडौंमा रहेको घर जग्गा बेचेर कोष स्थापना गर्नुभएको हो । स्व. अञ्जनको ठूलो आन्द्राको क्यान्सरबाट पीडित भई बि.सं. २०७८ साल वैशाख १ गते ४२ वर्षको उमेरमा निधन भएको थियो । अष्ट्रेलियामा रहनुभएको अञ्जनको उपचारका क्रममा बिदेशमानै निधन भएपछि परिवारले क्यान्सरका कारण कोही मर्नुनपरोस् भनेर कोष स्थापना गरेको बुबा तिर्थराजले बताउनुभयो ।
क्यान्सर रोग समयमा पहिचान हुन नसक्दा छोरो गुमाउनु परेको बताउँदै उहाँले यो रोगबाट गरिब दुखीलाई बचाउनका लागिकोष स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामी त पिडामा भयौं भयौं अहरु कोही पनि यस्तो पिडामा पर्नु नपरोस्, भनेर कोष स्थापना गरेका हौं ।” क्यान्सर पिडितलाई सरकारले दिने अनुदान सहयोग रकम सकीएपछि यो कोषबाट उपचार गर्ने गरी रकम हस्तान्तरण गरिएको हो ।
पराजुली परिवारले सो रकम बराबरको चेक आज अस्पतालका कार्यकारी निर्देशक डा. शवजी पौडेल र अध्यक्ष डा. विजय न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो । कोष संञ्चालनका लागि अस्पतालका कार्यकारी निर्देशकको संयोजकत्वमा तीन सदस्यिय समिति गठन गर्ने, कोषबाट सुबिधा प्राप्त गर्ने व्यक्तिको बिबरण दातालाई जानकारी गराउने, सेवा प्राप्त बिरामीलाई भेट्ने र कुरा गर्ने बातावरण सृजना गर्ने, सुबिधा प्रदान गरिएका व्यक्तिलाई गरिएको उपचारको किसिम र त्यसको अबस्था जानकारी गराउने जस्ता बुद्धाहरुमा दुईपक्षिय सम्झौता समेत गरिएको छ ।
कोषका लागि रकम ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा. न्यौपानेले कोषबाट धेरै बिरामीले नयाँ जीवन पाउने बताउनुभयो । यसको सही सदुपयोग गरिने उहाँले बताउनुभयो । सो अबसरमा अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले कोषलाई संञ्चालन गर्नका लागि कार्यबिधि वनाएर अघि वढ्ने बताउनुभयो । अशक्ति र असाहाय बिरामीको पहिचानका लागि समिति गठन गरेर काम गरिने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !