चितवनः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले देश अहिले पनि अफ्ठ्यारो परिस्थितिमानै रहेको बताउनुभएको छ । नेपाली काँग्रेस चितवन सूचना तथा प्रचार बिभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकार गठनको समयमा भन्दा केही सुधार आएको भएपनि अझै आफ्ठ्यारो परिस्थिति टरी नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो “गठवन्धन सरकारमा जाँदै गरेको अबस्थामा बिशेष गरेर चुनौतिपूर्ण, क्राइसिस र क्रोनिक अबस्था थियो । सबैतिर अब नेपाल पनि श्रीलंकाकै पदचापमा जाने भयो भन्ने अबस्थामा थियो ।” उहाँले थप्नुभयो “हामीहरु मन्त्रीमण्डलमा समाबेश भईसकेपछि त्यो अफ्ठ्यारो परिस्थितिबाट बिस्तारै ट्याक्मा ल्याउँदै छौ । पुरै राम्रो भईसक्यो भन्दीन । अहिले पनि देश अफ्ठ्यारो, गाह्रो परिस्थितिमानै छ ।” जसका कारण जनताको चाहना अनुसार काम हुन नसकेको उहाँले स्विकार गर्दै भन्नुभयो “हामीले चाहे जति गर्न सकीरहेका छैनौ मैले स्विकार गर्छु ।”
पत्रकार सम्मेलनमा बोल्दै उहाँले न्यायलय स्वतन्त्र रहेको बताउनुभयो । न्यायलय स्वतन्त्र छ भन्दैमा न्यायधिशहरु आँफुखुशी निर्णय गर्ने नभई कानुनको दायरामा रहेर ठिक ढङ्गले व्याख्य र निर्णय गर्नुपर्ने उहाँको भनाई थियो । न्यायधिशहरुले कमि कम्जोरी गरे न्यायपरिषदले कारवाही गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “न्याय सम्पादनमा यदी कमी कम्जोरी देखियो भने त्यसमाथि पनि केही कुरा जोडीएर आए भने कसैलाई छोड्नेवाला छैनौ । नेतासंग जोडीयर छुट्यो या छुटेन थाहा हुदैन कानुन वमोजीम न्याय सम्पादन ग¥यो की गरेन भन्ने मात्रै थाहा हुन्छ ।” स्वतन्त्र न्याय पालिकालाई स्वतन्त्र नै रहन दिने उहाँको भनाइ थियो ।
सहकारी ठगीको बिषयमा केन्द्रिय अनुसन्धान व्यूरोले अध्ययन गरिरहेको बताउँदै उहाँले दोशी देखिएका सबैलाई कानुनी दायरामा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो “राजनैतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुटदिने गर्दैन ।”
फरक प्रसंगमा बोल्दै नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री गुरुङ्गले समुदायमा काँग्रेस अभियानमा देखिएको निराशाबाट आत्तिनु पर्ने अबस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “ लोकतन्त्र मान्ने मान्छेहरु निरास हुने आत्तिने होइन । जनमत स्विइङ्ग भईरहन्छ ।” काँग्रेसका कार्यकर्तामा उत्साह थप्नका लागि काँग्रेसले आँफुले काम गरेर देखाउनु पर्ने उहाँको भनाई थियो । राजनीति निरन्तर वग्ने हिमनदी भएकाले उतारचडाब आइरहने भन्दै उहाँले यसैको बिचबाट अघि वढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !