
चितवन: भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले गरिवहरुको पहिचान गरी परिचय पत्र बितरणकको काम भईरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले गरिब घरपरिवार पहिचान गरि वर्गिकरण गरि परिचयपत्र बितरणको काम अघि वढेको बताउनुभयो ।
उहाँले भन्नुभयो “गरिब पहिचान गर्दै परिचय पत्र बितरणको काम भईरहेको छ ।” यसलाई अझै प्रभावकारी रुपमा अघि वढाईने उहाँको भनाई थियो । गरिवी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
भूमि अमायोगबाट हुनुपर्ने कामहरु भईरहेको बताउँदै उहाँले सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलव्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो “प्रकृया पुरा गरेर जग्गा बितरण भईरहेको छ । सुकुम्बासी हुन भन्दैमा प्रकृया पुरा नगरी जग्गा दिने कुरा हुदैन ।” भूमि आयोगले आफ्नो काम कारवाही अघि वढाई रहेको उहाँको भनाई थियो । फरक प्रसंगमा बोल्दै उहाँले देश अहिले जटिल अबस्थाबाट माथि उठेको बताउनुभयो । देशमा त्यस्तो ठूलो समस्या नरहेको उहाँको भनाई थियो ।