चितवनः रेष्टुरेण्ट एण्ड बार एशोसिसन नेपाल (रेवान)को आयोजनामा यही माघ २८ गते देखि सौराहा फूर्ड फेस्टिवलको आयोजना गरिको छ । प्रणय दिबसको अबसरमा पर्यटकीय नगरी सौराहामा १८ औं सौराहा फूड फेस्टिबल आयोजना गर्न लागिएको हो ।
सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । फेस्टिवल फागुन ३ गते सम्म सञ्चालन हुने उहाँले बताउनुभयो । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ ।” हरेक वर्ष प्रणय दिवसको अवसरमा फूड फेस्टिवल आयोजना गरिदैं आईएको छ ।
फेस्टिवलमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले कालन्तर सम्म पर्यटक भित्र्याउन टेवा पुग्ने उहाँको भनाई छ । आज पत्रकार सम्मेलनको आयोजना गरी रेवानले फेस्टिवलको बारेमा जानकारी दिएको हो । विभिन्न खालका विषम परिस्थितिमा पनि फेस्टिबललाई निरन्तरता दिंदै आइरहेको अध्यक्ष गिरिले बताउनुभयो । कोराना महामारी पछि सौराहा सहित चितवनको पर्यटन पुरानै अवस्थामा फर्किने क्रममा रहेको छ ।
सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको फेस्टिबका संयोजक सुर्यबहादुर रिमालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उहाँले बताउनुभयो ।
दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने अपेक्षा गरिएको फेस्टिबलमा रु ६० लाख अनुमानित खर्च हुने तथा रु ३ करोडको कारोबर हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !