चितवनः मानब अधिकार तथा शान्ति समाजका अगुवा कृष्ण पहाडीले लोकतन्त्रको रक्षाका लागि जनता जाग्ने समय आएको बताउनुभएको छ । मानब अधिकार तथा शान्ति समाज चितवनले आज यहाँ आयोजना गरेको लोकतन्त्रको प्राणः सुशासन र सद्भाब बिषयक नागरिक सम्बाद कार्यक्रममा बोल्दै उहाँले पछिल्ला दिनहरुमा नागरिकको आन्दोलनबाट प्राप्त उपलव्धि र व्यवस्था बिरुद्ध आवाज उठेको भन्दै लोकतन्त्रको रक्षाका लागि आम नागरिक जाग्नुपर्ने बताउनुभएको हो ।
अहिलेका जनतामा दलहरुको शासन प्रति बितृष्णा बढ्न थालेको भन्दै उहाँले दलहरुलाई समेत सच्चिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “दलका नेताहरु दल भन्दा माथि उठेर देश र जनताको पक्षमा नसोच्नेहो भने नागरिकको बितृष्णा अझै बढ्दै जाने छ ।” अहिले पूर्ब राजाका अनुयायीहरुले लोकतन्त्रको हत्या गर्न खोजेको भन्दै उहाँले नागरिकहरुको आक्रोशलाई समाधान हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रको रक्षाका लागि राजनैतिक शक्ति जनतामा जानुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरु दलका नेता र सरकारका कारण लोकतन्त्रमाथि खतरा बढेको औल्याएका थिए । लोकतन्त्रको बिकल्प लोकतन्त्रनै भएको भन्दै उनीहरुले जनताले लोकतन्त्रको आभाष गर्न नपाउँदा बिरोधको स्वरहरु गुन्जिन थालेको बताएका हुन । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले देशको अबस्था देखाएर अहिलेको व्यवस्था बिरुद्ध लाग्ने छुट कसैलाई पनि नभएको बताउनुभयो । देशमा बढ्दो भ्रष्टाचार र बेथिका कारण अहिलेको व्यवस्था बिरुद्ध आवाज उठ्न थालेको नेकपा एमाले चितवनका उपाध्यक्ष कमल पाठकले बताउनुभयो । नेकपा समाजबादीका जिल्ला अध्यक्ष अरुणपिडित भण्डारीले समाजमा दलका नेताहरुका कारण बितृष्णा बढेको बताउनुभयो । कार्यक्रममा समाजका केन्द्रय सभापति रामकृष्ण वराल, समाजका जिल्ला अध्यक्ष शम्भु राउत, पूर्ब सांसद भिम बहादुर श्रेष्ठ, नागरिक अगुवा डा. इश्वरी लौडारी, प्रकाश अधिकारी, कृष्ण रेग्मी, हरि अचार्य लगाएतले आम नागरिकमा वढ्दै गएको नैरास्यताका कारण लोकतन्त्र संकटमा परेको आभाष भएको बताउनुभयो । यसको रक्षाका लागि सरकारले सुशशासन र सद्भाव कायम गरिराख्नु जरुरी रहेको उहाँहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !