चितवनः राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मारी खाग ओसार पसार र बिक्री वितरणमासंलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रियनिकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमारहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपालप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्ज समेतको संलग्नतामा एकीकृतअपरेसन संचालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकामहानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाकोहेटौंडा उपमहानगरपालिका वडा नं. ३ लेबर्ट बस्ने ३३ वर्षिय रमेश खाती रहेका छन् ।उनलाई मंसिर ९ गते चितवनको राप्ती नगरपालिका वडा नं. ६ बाट पक्राउ गरिएको हो । उनलाईगैंडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेको ढुंगानाले बताउनुभयो ।  चितवनको राप्ती नगरपालिका वडा नं. ११ ठाकलटारबस्ने ४२ वर्षिय पासाङ भन्ने आईते सिंह मोक्तान रहेका छन् । उनलाई सोही दिनराप्ती नगरपालिका वडा नं. ६ बाट पक्राउ गरिएको हो । उनी गैंडा मार्ने शिकारी भएकोपत्रकार सम्मेलनमा जानकारी दिईयो ।  गैंडाकोटको खाग बिक्री वितरणमा सहयोग गर्नेमकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ९ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडानं. ४ बस्ने ४४ वर्षिय शमशेर थिङ पक्राउ परेका छन् । उनी समेत राप्ती नगरपालिका नं. ६बाट पक्राउ परेका हुन् ।  गैंडा मारी खागको बिक्री गर्ने मुख्य योजनाकारकारुपमा मनहरी गाउँपालिका वडा नं. ६ का ५६ वर्षिय थिङ बाजे भन्ने सिताराम थिङलाई पनिसोही दिन सोही क्षेत्रबाट पक्राउ परेको ढुंगानाले जानकारी दिनुभयो ।  खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा रोल्पाकोसुनछहारी गाउँपालिका वडा नं. ६ फगाम घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं.५ बस्ने २८ वर्षिय अर्जुन रोका पक्राउ परेका छन् । उनलाई पनि राप्ती वडा नं. ६ बाटनै मंसिर ९ गते नै पक्राउ गरिएको हो ।  सोही अभियोगमा गोरखा बारपाक घर भई भरतपुरमहानगरपालिका वडा नं. ११ लामा टोल बस्ने ७७ वर्षिय घले भन्ने धनबहादुरगुरुङलाई अन्यसँगै राप्तीबाटै पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।  यस्तै राप्ती नगरपालिका वडा नं. ५ बाट मंसिर ११गते गैंडा मार्ने शिकारीको अभियोगमा चितवनको राप्ती नगरपालिका वडा नं. ११ थाकलटारबस्ने ४० वर्षिय उनबहादुर स्याङतानलाई पक्राउ गरिएको छ । सोही ठाउँबाट सोही दिन मकवानपुरकोमनहरी नगरपालिका वडा नं. ७ ज्यामिरे घर भई हाल चितवनको माडी नगरपालिका वडानं. ९ बाँदरझुला बस्ने ५६ वर्षिय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ पक्राउ गरेरसार्वजनिक गरिएको हो ।  पक्राउ परेकाहरुको साथबाट दुई थान गैंडाकोखाग, भरुवा बन्दुक एक थान, बिड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवाबन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाईट, ढिक्ची, पटका बारुद, दुईथान मोटरसाईकल लगायतका सामग्री बरामद गरिएको छ ।  गएको कात्तिक ३० गते निकुञ्जको पूर्वीक्षेत्रमा पर्ने चपरचुली क्षेत्र स्थित कोर ईलाकामा २ वटा पोथी गैडालाई खाडल खनी मारेरखाग लगेको अवस्थामा भेटिएका थिए ।  उक्त घटनाको अध्ययन गरी सुझाव पेश गर्न वन तथावातावरण मन्त्रालयबाट मंसिर १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशकबेदकुमार ढकालको संयोजकत्वमा नेपाली सेना, केन्द्रीय अनुसन्धान व्यूरोकाप्रतिनिधि, कानून अधिकृत सहितको पाँच सदस्यीय छानबिन टोली गठन भई स्थलगतअध्ययन अनुसन्धान पश्चात् तयार भएको छानबिन प्रतिवेदन विभागमा बुझाई सकिएको छ।  पत्रकार सम्मेलनमा ढुंगानाले प्रतिवेदनलाईतत्काल कार्यान्वयनमा लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  संरक्षित वन्यजन्तुको चोरी शिकारलाई राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गम्भीर रुपमा लिएको भन्दै देखिएका कमिकमजोरीलाईसुधारी संरक्षण सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक समन्वय गरिसकेकोउहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !