चितवनः नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोईरालाले राजतन्त्र फर्कने बिषयमा आँफुलाई बिश्वास नलागेको तर नेपालमा जे पनि हुन सक्ने बताउनुभयो । भरतपुर बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले अहिलेको अबस्थामा राजतन्त्र फर्केने सम्भावना नरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “ राजतन्त्र फर्कनेमा मलाई चाहि कमै बिश्वास लाग्छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुन सक्छ ।” सरकारले गरेको क्रियाकलाप प्रति जनता पूर्ण सन्तुष्ट हुन नसक्दा व्यवस्था माथि प्रश्न चिन्ह खडा भएको उहाँले बताउनुभयो । गणतन्त्र वचाउन सबै दल एक ठाउँमा उभिनु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । उन्नती प्रगति तर्फ जान सकेनौ ।” संघियता आबश्यक भएको तर अहिलेको सम्रचनाको बिषयमा प्रश्न उठेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सबै दल मिलेर यसको समस्या समाधान गर्नुपर्छ ।”
नारायणगढ बुटवल सडक खण्डको बिषयमा आँफुले ठेक्केदार कम्पनीलाई १२ पटक भन्दा पनि काम हुन नसकेको भन्दे उहाँले यस बिषयमा संसदमानै कुरा उठाउने बताउनुभयो ।