चितवनः नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले गणतन्त्र बिरोधि गतिबिधि गर्नेहरु प्रति सरकार सतर्क भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले ठूलो त्याग र वलिदानबाट प्राप्त उपलव्धिको रक्षाका लागि सरकार सतर्क भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकार डराएको होईन । सतर्क भएको छ ।”तरल अबस्थामा उत्श्रृङ्खल गतिबिधि हुन सक्ने भन्दै सरकारले सतर्कता अपनाएको उहाँले बताउनुभयो । गणतन्त्र बिरोधी गतिबिधि गर्नेहरुको स्पष्ट बिचार आउन नसकेको भन्दै उहाँले शहरमा आएर हो–हल्ला गरेर समस्याको समाधान नहुने बताउनुभयो ।
पछिल्लो समय हिन्दु राज्यको माग समेत उठ्दै गएको बताउँदै उहाँले संबिधानको केही अंश परिवर्तन गरेर अघि वढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हिन्दु धर्मावलम्बीहरु भएको देशमा धर्म निरपेक्षताले नकारात्मक असर पार्छ ।” हिन्दु राज्यका लागि जनमत संग्रहमा जानु पर्छ या सर्बसहमत हुनु पर्छ भन्ने उहाँको धाराणा रहेको छ । आँफु सधै हिन्दुराज्यको पक्षमा रहेको बताउँदै उहाँले यस बिषयले महासमिति बैठकमा प्रबेश पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !