
चितवनः जिल्लमा लगाईएको धानमा बिभिन्न रोगहरु देखिएका छन् । ढुसीको समस्या, सित व्लाईट, नेक व्लाष्ट, गभारो, फड्के किरा, मिलि वग जस्ता समस्या देखिएका हुन ।
कृषि ज्ञान केन्द्र चितवनकी सूचना अधिकारी सूरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाईएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो । यस्तै पूर्बी चितवनमा फड्के किरा, मिलि वग, सित व्लाइट, नेक व्लाष्ट जस्ता रोग देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा दैनिक ३ देखि ४ जना धानमा लागेको समस्या लिएर आउने गरेका छन् ।
उहाँले भन्नुभयो “धानमा लागेको समस्या लिएर आउनेको किसानको संख्या वढ्नो छ । पूर्बी चितवनमा फड्के किराको समस्या मुख्य रुपमा रहेको छ ।” कालिका नगरपालिका र खैरहनी नगरपालिकामा लगाईएको धानमा बिशेष गरि फड्के किराको समस्या देखिएको उहाँले बताउनुभयो । यो किराले धानको गाँजमा वसेर गाँजबाट रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज पराल जस्तो देखिने त्रिपाठीले बताउनुभयो ।
रोग नियन्त्रणका लागि कृषि विज्ञ संगको परार्शमा बिषदीको प्रयोग गर्न उहाँले कृषकहरुलाइ सुझाब दिनुभयो । जिल्लामा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।