चितवनः नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोईरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनु भएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले सत्ता गठवन्धनमा समान्य खटपट भए पनि अहिलेनै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “मेरो दृष्ट्रिकोणले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार पाँच वर्ष सम्म जान सक्छ । मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायीत्व आबश्यक रहेको भन्दै उहाँले स्थायीत्वले मात्रै देशको बिकास सम्भव रहेको बताउनुभयो । पार्टी भित्रको खिचातानी सरकारमा हुन नहुने उहाँको भनाई थियो ।

विगतमा कति समझदारी भएर तोडीए भन्दै उहाँले प्रचण्डलाई साधारण व्यक्ति नभई चतुर रहेको उहाँको भनाई छ । एमाले र माओवादी केन्द्र बिचको तिक्तताका कारण पुनः एमाले संग मिल्न जान सक्ने अबस्था नभएको उहाँले जिकिर गर्नुभयो । सम्भावना नेपालमा धेरै कुराको हुने बताउँदै उहाँले अब काँग्रेस एक्लै हिड्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “काँग्रेस सके सम्म एक्लै जाने हो । कसै संग मिल्नु छ भने अहिले मिलिराखेको छ भई हाल्यो ।” उहाँले थप्नुभयो “मेरो दृष्ट्रिकोणमा काँग्रेस ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।”

सच्चा काँग्रेसहरु एक भएर लाग्नु पर्ने समय आएको उहाँको भनाई थियो । इतिहाँस वलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्वपूर्ण भूमिका खेलेको काँग्रेस एक्लै अघि वढ्नु पर्छ । पछिल्ला समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कम्जोरीका कारण भएको उहाँले बताउनुभयो । अब नेतृत्व सच्चिदै युवा पुस्तालाई अघि वढाउनु पर्ने उहाँले बताउनुभयो । बिचार राम्रो भए पनि कार्यशैलीमा परिबर्तन भए पार्टी एक्लै अघि वढ्न सक्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस !