चितवन : भरतपुर महानगरपालिकाको बृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रम अन्तर्गत शुक्रबार नारायणी नदी किनारमा सरसफाई तथा वृक्षरोपण गरिएको छ ।
पवित्र तिर्थ स्थल र महानगरको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भईरहेको किनारको सौन्दर्यकरण र सरसफाईको कार्यको थालनी महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले पिपलको रुख रोपेर गर्नुभयो ।

प्रमुख दाहालले हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार विहान टोल टोल, वडा वडा र नगरस्तरी सरसफाई निरन्तरता राखिने उल्लेख गर्नुभयो ।
नारायणीको किनारमा पाम, समी, पिपल, बर लगायतका छिटो सर्ने विरुवा रोपिएको छ ।

कार्यक्रममा उप– प्रमुख चित्रसेन अधिकारीले किनारलाई जति सक्दो हरियाली तथा सफा बनाइने बताउनुभयो उहाँले भ्रमण वर्षको लागि नारायणी किनार एक महत्वपूर्ण गन्तव्य भएको भन्दै यसलाई सुन्दर बनाउन सबैको जिम्मेवारी भएको भन्दै यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
सरसफाई कार्यक्रममा अभियान्ता, टोल सुधार, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !