चितवनः नेपाल डेमोक्रयाटिक लयर्स एशोसियन (डिएलए)को ११ औं महाधिबेशनले सिताराम के.सीको नेतृत्वमा ४३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । के.सीले ६५३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धि लक्ष्मी देवी दाहाल रावलले १७७ मत प्राप्त गर्नुभयो । यस्तै अध्यक्षका उम्मेदवारहरु केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भूषालले ५३ मत प्राप्त गर्नु भएको थियो ।
आज बिहान सम्पन्न मतगणना अनुसार बरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल बिजयी हुनु भएको छ । उहाँले ३१५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धि चन्द्रमणी अधिकारीले २६४ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा कविता थापा कार्कीले ६१९ मत प्राप्त गर्दा प्रतिस्पर्धि दिना श्रेष्ठले ४१२ मत प्राप्त गर्नु भएको निार्वचन समितिले जनाएको छ । यस्तै बागमती प्रदेश उपाध्यक्षमा जनराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले १४३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धि हेमन्तराज दाहालले १०९ मत प्राप्त गर्नुभएको छ ।
कोशी प्रदेश उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेश उपाध्यक्षमा रामानन्द साह, गण्डकी प्रदेश उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनि प्रदेश उपाध्यक्षमा बिष्णु प्रसाद धिताल, कर्णाली प्रदेश उपाध्यक्षमा पदम वहादुर शाही र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा गंगाराम पाध्याय र्निविरोध निर्बाचित भएको निर्वाचन समितिका संयोजक हेमराज नेपालले जानकारी दिनुभयो ।
समितिका अनुसार महासचिबमा ज्ञानेन्द्र प्रसाद अधिकारी बिजयी हुनु भएको छ । उहाँले ३९५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धि पूर्ण प्रकाश बस्नेतले २३६ मत प्राप्त गर्नु भएको थियो । यस्तै सचिबमा शिव प्रसाद रेग्मी बिजयी हुनु भएको छ । उहाँले ४४३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धि प्रदिप थापाले २६९ मत प्राप्त गर्नुभयो । महिला सचिब तर्फ धनमायाँ राना बिजयी हुनु भएको छ । उहाँले ५२७ मत प्राप्त गर्दा संझना पोखरेलले ४९६ मत प्राप्त गनुभयो । यस्तै कोषाध्यक्षमा हरिवहादुर बस्नेत निर्वाचित हुनु भएको छ । उहाँले २२५ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धि गिता तिम्सिना र राधाकृष्ण पाठकले बराबर २१६ मत प्राप्त गनुभएको छ ।
महाधिवेशनमा देशभरका ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायी मध्येबाट १ हजार ४१० जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । जस मध्ये १ हजार ६१ मत खसेको थियो । महाधिबेशनको जेठ २६ गते नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !