चितवनः नेपाली काङ्ग्रेसका नेता अनिल परियार हत्या प्रकरणमा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २६ का ३८ वर्षिय अजय सिंह भनिने अशोक भण्डारी रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय चितवन र रुपन्देहीको संयुक्त टोलीले मंगलबार राती १२ः३० वजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितका अनुसार भण्डारीलाई रुपन्देहीको वेलहियाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनले परियारलाई धारीलो हतियार प्रहार गरेका थिए ।पक्राउ परेका भण्डारीलाई आज चितवन जिल्ला अदालत उपस्थित गराईएको उहाँले जानकारी दिनुभयो ।
बि. सं. २०७९ साल बैशाख २५ गते साँझ ७ः३० वजे भरतपुर महानगरपालिका वडा नम्बर ७ पंचेश्वर नगर प्लटिङ्मा छुरा प्रहार गरेका थिए । परियारको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !