
चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा सडकबाट त्रिशुली नदीमा ट्रिपर खस्दा चालक घाइते भएका छन् । नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको ट्रिपर अनियन्त्रीत भई त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ बर्षमाडीका ३२ वर्षिय चालक प्रदिप थिङ घाईते हुनु भएको छ । उहाँको चितवन मेडीकल कलेजमा उपचार भैरहेको र अबस्था खतरा मुक्त रहेको छ । ट्रिपर नदीमा ढुवेको छ ।