चितवन: भरतपुर महानगरपालिकाकाे भित्रि सडकमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमाभरतपुर महानगरपालिका वडा नम्बर १९ का २७ वर्षिय सन्ताेष गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ सुकुम्बासी टाेलबाट कल्याणपुर तर्फ आउँदै गरेकाे ना ६४ प ६७० नम्बरकाे माेटरसाईकल आफै अनियन्त्रित भई पल्टदाँ गुरुङकाे मृत्यु भएकाे हाे । उनकाे उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान २ वजे मृत्यु भएकाे हाे । दुर्घटना आईतबार साँझ भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस !