
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १० ले आर्थिक वर्ष २०८०–०८१ का लागि योजना तर्जुमा भेला सम्पन्न गरेको छ । वडा भित्र रहेका टोलसुधार समिति, क्रियाशिल राजनैतिक दल र सरोकारवालाहरु संग चालु आर्थिक वर्षको कार्य प्रतिको जानकारी सहित आगामी वर्षका लागि योजना तर्जुमा भेला आयोजना गरीएको हो । सो अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले हाल सम्म भएका बिकास निर्माणका कार्य र समाजिक उत्तरदायीत्व भहनमा भएका कार्यका बारेमा जानकारी गराउनुभएको भएको थियो । यसै वडाकी ९७ वर्षिया बृद्धा पार्वती खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा बासीहरुले वडामा देखिएका समस्या समाधानका लागि माग गरेका थिए । उनीहरुले अहिले बिद्युत आपूर्तीको, अस्पतालमा भएको अस्थव्यस्थता र अस्पताल जन्य फोहोर व्यवस्थापन, वर्षातको समयमा हुने डुवानको समसया संगै शिक्षा र स्वास्थ्यमा बिपन्नको पहुँच पु¥याउन सक्ने गरी काम गर्न सुझाब दिएका थिए । कार्यक्रममा वडाअध्यक्ष खनालले यस वर्ष भएका ५८ कार्यको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष बद्रि तिमिल्सीना, वडा सदस्य रेशमलाल थापा, नेपाली काँग्रेसका गणेश गुरुङ्, नेकपा एमालेका नरेन्द्र खड्का, माओवादी केन्द्रका मोतिराम ढुङ्गाना, र सामाजिक व्यक्तित्व डा. इश्वरी लौडारी लगाएतले अहिले भएका कामका बारेमा बोल्नुभएको थियो ।
![]()
![]()
![]()
![]()
![]()