
चितवनः बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले जेष्ठनागरिक संघ चितवनले स्थापना गर्न लागेकाे अक्ष्यकाेषमा रु १ लाख सहयाेग गर्नुहुने भएकाे छ । संघले आज आयाेजना गरेकाे स्वागत तथा वधाई कार्यक्रममा मन्त्री जाेशीले आफ्ना बुबा- आमाकाे नाममा साे रकम सहयाेग गर्ने घाेषणा गर्नु भएकाे हाे ।
संघले रु १ कराेड बराबरकाे अक्ष्यकाेष स्थापना गरि जेष्ठ नागरिककाे सेवामा सञ्चालन गर्ने जनाएकाे छ । कार्यक्रममा संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाले जेष्ठ नागरिककाे स्वास्थ्यमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे । बृद्वाबस्थाका नागरिकहरुकाे सुरक्षा र स्वास्थ्यमा राज्य गम्भीर बन्न नसकेकाे उहाँकाे भनाई थियाे ।
कार्यक्रममा स्वास्थ्य मन्त्री जाेशीले प्रदेश सरकारले जनताकाे पक्षमा छ भन्ने देखिने गरि काम गर्ने बताउनुभयाे । हरेक नागरिककाे समस्यामा सरकार भएकाे अनुभूति हुने गरि काम गर्छाै उहाले भन्नुभयाे ।
कार्यक्रममा भूमि आयाेग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, संघका उपाध्यक्ष माधव घिमिरे, राम जानकी आश्रमका महासचिब रामेश्वर खनाल लगाएतले जेष्ठ नागरिकका समस्याका बारेमा बाेल्नु भएकाे थियाे ।