चितवनः जिल्लामा ९२ जनाले अनुचित लेनदेन (मिटर व्याज) पिडितहरुको उजुरी दर्ता गराएका छन् । अनुचित लेनदेन सम्बन्धि जाँचबुझ आयोग २०७९ ले यही जेठ १४ गते सम्म उजुरी दर्ता गराउन आव्हान गरेको थियो । सो क्रममा ती निवेदन परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका नायव सुव्वा विश्वास श्रेष्ठका अनुसार पिडित र पिडक गरी सो संख्यामा निवेदन दर्ता भएका हुन । पिडितहरुले प्रमाणहरु सिहित उजुरी दर्ता गराएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा परेका निवेदनहरु सबैलाई आयोगको सफट्वेयरमा पठाईने उहाँले बताउनुभयो ।

अनुचित लेनदेनबाट पिडितहरुको निवेदन संकलनका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा सहायता कक्ष स्थापना गरिएको थियो । सो कक्षमा आएका निबेदाहरुको आबश्यक कारवाही आयोगले गर्ने उहाँले बताउनुभयो । यस अघि गृह मन्त्रालयले वि. सं. २०७९ साल साउन २८ गते देखि भदौ ५ गते सम्म मिटर व्याजी बिरुद्ध उजुरी आबहान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । जस मध्ये एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ वटा आबश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाईएको थियो ।

प्रतिक्रिया दिनुहोस !