चितवन: पृथ्वी राजमार्गकाे ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ पानीधमरामा वस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । काठमाडाैबाट पाेखरा जाँदै गरेकाे ग१ ख ७७०१ नम्बरकाे बस अनियन्त्रित भई दुर्घटना हुँदा उनिहरु घाईते भएका हुन ।
घाईते मध्ये १ जना गम्भीर, ९ जनामध्यम र ११ जना सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । कार्यालयका अनुसार दिउँसाे ३:४५ वजे बस दुर्घटना भएकाे हाे । घाईते मध्य ३ जनाकाे स्थानिय अस्पतालमा, १७ वना पुरानाे मेडिकल कलेजमा र १ जना चितवन मेडिकल कलेजमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । चालक प्रहरीकाे नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !