
चितवन : २०६७ सालमा जुटपानीको खानेपानी आयोजना सुरु हुनुअघि पानीको हाहाकार थियो । साइकल र डोकोमा पानी वोकेर स्थानियलाई खानेपानीको जोहो गर्नुपर्ने वाध्यता थियो । दुई किलोमिटर टाढासम्म पुगेर स्थानीयले पानी ल्याउने खानेपानीको दुःख अन्त्यका लागि यदु प्रसाद खतिवडाले त्यसबेला नेतृत्व थाल्नुभएको हो । । त्यहीबाट सुरु भएको अभियानले अहिले घरघरमा खानेपानकिो सुविदा पुगेको छ । खतिवडालाई पानीको अभियन्ताको रुपमा चर्चा गरिन्छ । खतिवडाले समिति वनाएर काम गर्ने सोचका साथ नेतृत्व गरेका गर्नुभएको थियो । यही क्रममा अलपत्र अवस्थामा रहेको जुटपानीको खानेपानी आयोजनालाई अगाडी बढाउने प्रयासको क्रममा समिति बनाउदा जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्षको रुपमा जिम्वेवारी लिएर खतिवडाले काम सुरु गर्नुभयो ।
चितवनको कालिका नगरपालिका वडा नं ६ निवासी यदु प्रसाद खतिवडाले जीवन नै खानेपानीकै सेवामा विताउनु भएको छ । खानेपानी र सिचाईसंग सम्वन्धीत गाउँमा सञ्चालन हुने हरेक गतिविधीमा उहाँको सक्रियता निरन्तर रहँदै आएको छ । वाँसघारी मझुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायत स्थानीय स्तरमा भएका अन्य खानेपानीसंग सम्वन्धीत आयोजनामा आवद्ध रहेर गाउँमा पानीको व्यवस्थापन गर्न उहाँको भुमिका महत्वपूर्ण रहदै आएको छ ।
जुटपानी खानेपानीको समिति बन्दा पानीको पाइप, धारा, श्रोत, संरचना, जनशक्ती, बजेट केही थिएन । पुरानो संरचना अलपत्र अवस्थामा थियो । साविकको जुटपानी गाविससंग समन्वय गर्दै जिल्लामा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरको सहयोगमा पुराना संरचानको सरसफाई र मर्मत गरेर तत्कालको लागि अस्थायी रुपमा पानी खुवाने व्यवस्था गरेको खतिवडाले बताउनुभयो । विस्तारै सवैको सहयोग र मेहनत एवम् सहकार्यमा नयाँ पाइपको व्यवस्थापन गरेर पाइप विस्तार गरेको उहाँले बताउनुभयो । ६५ हजार मिटर पाईप विस्तार गरेर १८ सय घरधुरीमा पानी पुर्याउने काम आफ्नो कार्यकालमा गरेको खतिवडाले बताउनुभयो ।
आफु अध्यक्ष हुँदा समितीको कार्यालय समेत नभएको अवस्थामा कार्यालय स्थापना गरेर ७ जना कर्मचारीले काम गर्न सक्ने स्तरको संरचना तयार पारेको खतिवडाले बताउनुभयो । १८ सय उपभोक्ताहरुको घरमा पानीको मिटर जडान गरी मासिक लगभग ४ लाख रुपैयाँ राजश्व संकलन गर्न सक्ने अवस्थामा पुगेको बताउदै उहाँले खानेपानीसंग सम्वन्धीत राज्यका विभिन्न निकायहरुसंग समन्वय सहकार्य गर्नसक्ने हैसियतमा समितिलाई अगाडी बढाएको उहाँले बताउनुभयो ।
उपभोक्ताहरुबाट संकलन गरिने शुल्कलाई पारदर्शी बनाउन कम्प्युटर प्रणाली जोडिएको र अनलाईन प्रणालीबाट मिटर रिडिगं र शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । पानीको शुद्धीकरण परिक्षणको लागि कर्मचारीलाई शिप सहितको व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।
अलपत्र अवस्थामा रहेको खानेपानी संरचनालाई व्यवस्थित रुपमा अगाडी बढाई उपभोक्ताको घरसम्म पानी पुर्याउन आफ्नो कार्यकालमा सफल भएकोले आफु खुसी भएको बताउदै उहाँले आफुले जिम्वेवारी हस्तान्तरण गर्दा संस्थाको खातामा ६० लाख रुपैँया जम्मा गरेर छाडेको बताउनुभयो ।
विचमा ५ बर्ष नेतृत्वमा नरहेपनि आफुले बाहिरबाट सकेको सहयोग गर्दै आएको बताउदै खतिवडाले यो खानेपानी संरचनाको जगदेखिको ज्ञान आफुलाई भएको र काहाँ के गर्न आवश्यक छ भन्ने थाहा भएकोले आमउपभोक्ताको हितमा काम गर्नका लागि पुनः नेतृत्वमा रहेर काम गर्न इच्छा राखेको उहाँले बताउनुभयो । हरेक उभोक्तालाई २४ घण्टा नै नियमति र गुणस्तर पानी उपलव्ध गराउने लक्षका साथ काम गर्न आफुले उम्मेदवारी दिएको जानकारी खतिवडाले दिनुभयो ।