चितवनः राष्ट्रिय बहिरा महासंघ बागमती प्रदेशको आयोजना एबं वागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोगमा ४० दिने दोभासे उत्पादन तालिम सम्पन्न भएको छ । तालिमको भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले समापन गर्नुभएको हो ।
चितवन सहित बागमती प्रदेशका बिभिन्न जिल्लाबाट १७ जनाको सहभागीतामा तालिम सम्पन्न गरिएको हो । बोल्न नसक्नेहरुलाई सांकेतीक भाषा मार्फत आफ्ना कुरा प्रकट गर्न सक्ने बनाउन यो कार्यक्रम सहयोगी वनेको सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा अपाङ्गता उथान जिल्ला समन्वय समितिका संयोजक निर्मल कुमार श्रेष्ठ, नेत्रहिन संघ चितवनका अध्यक्ष सञ्जय अर्याल, अपाङ्गता अधिकार संरक्षण केन्द्रका अध्यक्ष एम प्रसाद सुवेदी, अपाङ्ग समाज चितवनका उपाध्यक्ष सुक वहादुर गुरुङ् लगाएतले बोल्नु भएको थियो ।
तालिममा परिवर्तन कोइराला र गंगा केसीले सहजीकरण गर्नुभएको थियो । आबासीय रुपमा सञ्चालन गरिएको सो तालिमको राष्ट्रिय वहिरा महासंघ बागमती प्रदेश समितिकी अध्यक्ष बिष्णु कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !