चितवनः उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगीक प्रदर्शनी केन्द्र परिषरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगीक प्रदर्शनी स्थल (हल) बिगत ६ महिना देखि अलपत्र परेको छ । बि. सं. २०७७ सालमा निर्माण कार्य सुरु भएको सो प्रदर्शनी स्थल निर्माण सम्पन्न भएको ६ महिना देखि अलपत्र अबस्थामा रहेको हो ।
बागमती प्रदेश सरकारको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले रु १ करोड ८० लाखको लागतमा निर्माण गरेको सो प्रदर्शनी स्थल हस्तान्तरण कस्लाई गर्ने भन्ने निर्णय नभएकाले अलपत्र परेको हो । निर्देशनालयका निर्देशक गोबिन्द सिग्देलका अनुसार भवन निर्माणको समयमा संरचना निर्माण सम्पन्न भए संगै उद्योग संघलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । उहाँले भन्नुभयो “संघिय सरकारले सो जग्गा २९ वर्षका लागि उद्योग संघलाई भाडामा दिएको हुँदा त्यो निर्णय भएको हो । तर मन्त्री स्तरको निर्णयले त्यो सम्झौता वदर भएको छ ।”
तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मिलन बाबु श्रेष्ठको समयमा निर्माण सम्पन्न भएको सो संरचना उद्योग संघलाई हस्तान्तरण गर्ने निर्णय वदर भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मन्त्री स्तरको निर्णयका कारण कस्लाई संरचना हस्तान्तरण गर्ने भन्ने अनिर्णय वनेको छ । अब मन्त्री पाएका छौ केही निर्णय हुन्छ ।” प्रदेश सरकारले प्रदेश भित्रका लघु तथा साना उद्योगहरुको उत्पादीत सामाग्रीलाई बजारीकरण गर्ने उद्धेश्यले स्थापना गरेको यस बिक्रि कक्ष तथा स्थायी प्रदर्शनी केन्द्र अहिले संरक्षण र व्यवसायीको पर्खाइमा रहेको छ । यस भवनमा वर्ष भरिनै व्यवसाय प्रवर्धन गर्न सकीने भए पनि सञ्चालनमा नआउँदा लघु तथा साना उद्योगीहरुले लाभ लिन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस !