
चितवनः भरतपुर महानगरपालिकाको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएको छ । गाईड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराउनु भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको बताउनुभयो । देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर बिश्वभर बिकासको सन्देश प्रवाह गरेको उहाँको भनाई छ ।
भरतपुर महानगरपालिकाले सन २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै छ । यी गतिबिधि महानगरको पर्यटन प्रबर्धनका लागि समेत सहयोगी हुने उहाँको भनाई छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटनका हिसाबले उत्कृष्ठ गन्तव्यका रुपमा परिचित छ । सगरमाथामा महानगरको झण्डा फह¥याउने यस अभियानको संयोजन गर्नुभएका महानगरका विज्ञ प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाडौं फर्किएको बताउनुभयो । उहाँका अनुसार टोलीलाई महानगरपालिकाले बिदाई गरेको थियो ।