
चितवनः नारायणगढ –मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फि सडक अबरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका वडा नम्बर ६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ वजे सुख्खा पहिरो खसेर दुईतर्फि बाट अवरुद्ध भएको हो । सडक बिभाग संग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।