चितवनः बागमती प्रदेश सकारले ज्यान जोखीममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निशुल्क हेहिकप्टर वा हवाई उद्धार गर्ने भएको छ । स्वास्थ्इ मन्त्री उत्तम जोशीले पहिलो निर्णया स्वरुप ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निस्शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको हो ।
नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निस्शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरुको ज्यान जाने जोखिम कम गर्न यस्तो निर्णय गरेको बताउनुभयो । आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्ने उहाँको भनाइ छ ।
यस्तै स्वास्थ्य मन्त्री नियुक्त भएपछि उहाँले चितवन आएर विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको विपि कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ । जोशीले मन्त्री न्यूक्ति भए संगै कोईरालाको अर्धकद शालिकमा माल्यार्पण गर्नभएको हो । माल्यार्पण संगै्र जोशीले आज क्यान्सर अस्पतालको निरीक्षण अनुगमन गनएको छ । अनुगमका क्रममा अस्पतालका बिभिन्न वाडहरुको निरिक्षण गर्नभएको हो ।

प्रतिक्रिया दिनुहोस !