चितवनः पूर्ब पश्चिम राजमार्ग अन्तरगत भरतपर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ग्यास सिलिण्डर बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का २० वर्षिय सागर तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
टाँडी बाट भरतपुर तर्फ आउदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिण्डर बोकेको ट्रकले सोही दिशा बाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ७६८८ नम्बरको स्कुटरलाई आज दिउँसो पछाडी बाट ठक्कर दिदाँ स्कुटरमा सवार दुई जना घाईते भएका थिए । घाईते मध्ये स्कुटर चालक गुरुङ्को उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । यस्तै स्कुटरको पछाडी सवार भरतपुर महानगरपालिका वडा नम्बर ११ कै २० वर्षिय बिशान्त ढकाल गम्भिर घाईते हुनु भएको छ । उहाँको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !