चितवनः उध्याेगी व्यापारी शंकर कंडेल मृत्यु प्रकरणकाे बिषय पेचिलाे वन्दै गएकाे छ । कंडेलकाे मृत्यु प्रकरणका बिषयमा अध्ययनका लागि नेपमल प्रहरीले आफ्नै चाटर एकाउन्टेनलाई जिल्लामा ल्यायर उनकाे कम्पनिकाे हिसाब हेर्न सुरु गरेकाे छ ।
कंडेलकाे मृत्यु प्रकरण संगै उनले ८५ प्रतिशत शेरय बिक्रि गरेकाे अनमाेल फिर्डकाे अडीटका लागि प्रहरी केन्द्रीय कार्यालबाट चाटर एकाउन्टेन जिल्लामा ल्यायर अध्ययन सुरु गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार केन्द्रीय कार्यालयका चार्टर एकाउन्टेन सहितकाे टाेलिले बुधबार देखि काम सुरु गरेकाे हाे । कम्पनिमा देखियकाे समस्या समाधानका लागि कम्पनि रजिस्ट्रारकाे कार्यालयबाट सबै कागजपत्र झिकाईएकाे उहाँले जानकारी दिनुभयाे । उहाँका अनुसार कम्पनिकाे चार्टर एकाउन्टेन जीवन रावल पक्राउ परे संगै कम्पनिकाे अडिट प्रहरीले गर्न लागेकाे हाे ।
याे संगै फरार रहेका ८५ प्रतिशत शेयर खरिद कर्ता प्रदिप रुङ्गटाकाे खाेजीमा समेत प्रहरी प्रशासन लागि परेकाे छ । उनी भारतमा रहेकाे अनुमान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले मुद्वा अदालतमा पेस हुनु अघि प्रहरीकाे हिरासतमा ल्यने गरि काम भईरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे”याे घटना आत्महत्या दुरुत्साहन भए पनि यसकाे जडमा पुग्ने गरि अनुसन्धान भईरहेकाे छ ।” दाेशी जाे काेहि भए पनि नछाड्ने उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस !