
चितवन: कानुन, न्याय तथा संसदीय मामीला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले नेता वचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “अहिलेको मन्त्री परिषदको मुख्य कार्यभार सुशासन हो । त्यही अनुरुप अघि वढेको छ।” भुटानी शरणार्थीको बिषयमा देखिएको बिषय राष्ट्रघाती सामान्य अपराध नभई महाअपराध भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको घटना सामान्य घटना होईन । यो राष्ट्रघाती सामान्य अपराध होईन महा अपराध हो ।” यस्ता घटनामा जो सुकै भए पनि कानुनी दायरामा ल्याउने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीति पाटी हुदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको मन्त्री परिषद लागेको छ ।” एउटा काण्ड मात्रै नभई हरेक किसिमका काण्डहरु भए पनि सरकार सुशासनको पक्षमा रहेको उहाँको भनाई थियो ।
अहिलेको सरकारको मुख्य मुद्धा सुशासन भएको भन्दे उहाँले देशमा सुशासन स्थापना पछि सेवा प्रदान मुख्य रहेको बताउनुभयो । यस बिषयमा सरकारले कसैको मुख नहेर्ने उहाँको भनाई छ । शरणार्थीको बिषयमा दबाब आईरहेको बताउँदै उहाँले भन्नुभयो “जति सुकै दबाब दिए पनि खेप्नु प¥यो नी त । सुशासन स्थापना गर्ने भन्ने महान यात्रामा अघि वढ्ने अनि फेरी पछि हट्ने भन्ने कुरा हुँदैन ।” सुशासन स्थापना गर्न लागि परेको सरकारका बिरुद्धमा अर्को गठवन्धन वन्छ भन्ने आँफुलाई नलागेको उहाँको भनाई छ ।
फरक प्रसंगमा बोल्दै नेपाली काङ्ग्रेसका उपसभापति समेत रहनु भएका गुरुङ्ले भ्रष्टाचारको मुद्धामा नेताहरु मुछिए पछि पार्टीभित्र छलफल भईरहेको जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसको चाहना निस्पक्ष र स्वतन्त्र ढङ्गबाट छानविनमा होस भन्ने रहेको उहाँले बताउनुभयो । छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उहाँले जानकारी दिनुभयो । सरकार र नेपाली काङ्ग्रेस अपराधीले उन्मुक्ति नपाओस र दोशी न परोस भन्ने भएको उहाँले जीकिर गर्नुभयो । भ्रष्टचारको मुद्धामा मुछिएकाहरुलाई निलम्बन गर्नुपर्ने बिषयमा छलफल नभएको उहाँले बताउनुभयो ।