का लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उहाँको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो ।

कायस्थ पाँच वर्षयता दुब्लाउँदै गएको, पहिलेजस्तो हाँस्न र बोल्न छाड्दा उनको परिवारलाई ‘पीरमाथि पीर’ थपिँदै गएको थियो । कायस्थ परिवारको एक्लो छोरा थिए । उनका बुबा कृष्णमानले केही महिनाअघि भनेका थिए, “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यतिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस् ।”

कायस्थ एक वर्षदेखि बोल्न सकेका थिएनन् । चपाएर खाना खान नसक्ने उनलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएको थियो । बिरामी परेपछि भने पाइपद्वारा खानेकुरा खुवाइँदै आएको थियो ।

“बिरामी परेयता मुकेशको दायाँ हात र दुवै गोडा थोरै मात्र चल्थे”, बुबा कृष्णमानले भने । उनको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको थियो कायस्थ परिवार । जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले कायस्थ परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो ।

पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा. गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहेका थिए । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो ।

विसं २०६२/६३ को अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । सो आन्दोलनमा नालाका भीमसेन दाहालले कास्कीको पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाएका थिए । उक्त आन्दोलनमा काभ्रेपलाञ्चोकका ४० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस !