चितवनः नेपाली काङ्ग्रेसका नेता प्रा.डा. शशांक कोइरालाले उपनिर्वाचनको परिणाम प्रति गम्भिर समिक्षा हुन जरुरी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंगको कुराकानीका क्रममा उहाँले उपनिर्वाचनमा हार वेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजीनु पर्ने बताउनुभएको भएको हो ।
उहाँले भन्नुभयो “हाम्रो लोकप्रियता खस्किदै गएको हो की भन्ने बिषयमा गम्भिर समिक्षा जरुरी रहेको छ ।” पुराना पार्टीको लोकप्रियता खस्कदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुन सक्ने सम्भावना रहेको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “हामीले पनि नीतिमा परिवर्तन गरेर नयाँ नीति बनाउनु पर्ने हो की भन्ने देखिन्छ ।” उपनिर्वाचनमा आफ्नै आन्तरीक कम्जोरीका कारण हार वेहोर्नु परेको उहाँले बताउनुभयो । हाम्रा संगठन चुस्त हुन नसकेको परिणाम निर्वाचनमा हार वेहोर्नु परेको उहाँको भनाई थियो । अब काँग्रेसले नया प्रस्तान बिन्दु खोज्न जरुरी रहेको उहाँको भनाई थियो ।
अहिले पाटीृ भित्रको असन्तुष्टि भनेको मन्त्रीमण्डल बिस्तारमा देखिएको उहाँले बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको सरकार कति लामो समय जाने हो भन्ने बिषय नै अन्यौल रहेको बताउनुभयो । यो बिषय प्रधानमन्त्रीको भारत भ्रमणमा आउने सन्देशले निर्णय गर्ने उहाँले बताउनुभयो । गठवन्धनका दलहरु बिचको सहमती अनुसार जाँदा अहिलेको सरकार पछि माधव नेपाल नेतृत्वको सरकार र त्यसपछि शेरवहादुर देउवा नेतृत्वको सरकार वन्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !