चितवनः उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकार चिन्तित रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने बिषयमा सरकार चिन्तित रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “उद्योगी व्यवसायी आत्तिनु पर्ने अबस्था होईन । अहिलेको समस्या समाधान हुन्छ ।” उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा बिभिन्न कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो । कानुनले समाधान गर्ने बिषय कानुनबाट समाधान हुने बताउँदै उहाँले भन्नुभयो “उद्योग धन्दा वन्द भएर बैंकमा पुग्ने अबस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ ।” सकारले उद्योगीको हितमा काम गर्ने उहाँले बताउनुभयो ।
आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उहाँले यो तरलता कोभिड १९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढि भएको बताउनुभयो । उद्योगीहरुको समस्या समाधानका लागि राष्ट्र वैंकका गभर्नरसंग छलफल भईरहेको बताउँदै उहाँले बैंकको व्याज घटाउन सरकार लागि परेको बताउनुभयो । यस्तै सस्तोमा व्यवसायीलाई जग्गा उपलव्ध गराएरु उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न राज्यले कार्यक्रम ल्याउन लागेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !