काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । बुटवलमा पक्राउ परेका रायमाझीलाई काठमाडौं ल्याइएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा हिजो बुधबार पक्राउ परेका सन्दीपलाई भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत आज बिहान काठमाडौं ल्याइएको हो ।

सोही प्रकरणमा मुछिएका टोपबहादुर पनि पक्राउ परेका छन् । पूर्वमन्त्री रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार बुधबार बेलुका भैरहवाकै एक होटलमा बास बसेको रायमाझीलाई अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !