चितवन,१९ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते भरतपुर–११ मा  घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भरतपुरको पुरानो मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस !