
काठमाडौँ,१८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने कार्यसूची छ।
बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तार पनि एजेन्डाका रूपमा रहेको रास्वपाका एक केन्द्रीय सदस्यले जानकारी दिए।
उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित विजयी भएपछि रास्वपामा सरकारलाई दिएको समर्थन फिर्ता लिएर संगठन निर्माणमा लाग्न दबाब छ।