चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसंग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले रास्वपा सरकारमा आउने कुरा चलिरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुन्नछ । सरकारमा आउने कुरा चलिरहेको छ ।” दाहालले थप्नुभयो “उहाँले पार्टीमा सल्लाहा गर्ने र मैले गठवन्धनमा कुरा गरेर केही दिनमा फेरी भेटेर टुङ्गोमा पुग्ने सल्लाहा भएको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको बताउँदै उहाँले त्यसैमा उहाँ अडिनुहुन्छ भन्ने आँफुलाई नलागेको बताउनुभयो । गठवन्धनमा सल्लाहा गरेर सहमतीमा जाने दाहालले बताउनुभयो । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने बिषयमा आँफुहरु नपुगेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो “रवि जीले पनि हामीलाई यहिनै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।”
अर्को एक प्रश्नमा सरकार पाँच वर्ष चल्ने बताउनुभयो । उहाँले भन्नुभयो “ सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।”आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारहरु संग कुराकानी गर्नुभएको थियो । सो क्रममा उहाँले महाविर पुन आँफुसंग सल्लाहानै गरेर माइतीघर मण्डलामा बसेको बताउनुभयो । बस्नुअघि आँफुसंग बालुवाटारमा भेटेको भन्दै उहाँले पुनले उठाएका माग प्रति सरकार सकारात्मक रहेको बताउनुभयो । दाहालले भन्नुभयो “भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पुरै प्रयास हुन्छ भने हिड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसी हाँसी ।” बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट वनाउन सजिलै हुन्छ भनेर आँफुले भनेको दाहालले जानकारी दिनुभयो । उहाँले थप्नुभयो “यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहामानै उहाँ बसेको भन्ने बुझेको छु । ” पुनले बिकास बजेटको एक प्रतिशत वजेट छुट्याउन अनुरोध गरेको पनी उहाँले बताउनुभयो ।
पूर्ब लडाकुलाई रकम दिने बिषय बि. सं. २०७१ सालको सरकारले गरेको निर्णय भएको उहाँले बताउनुभयो । तत्कालिन समयमा अर्थमन्त्री बिष्णु पौडेल रहेको र काङ्ग्रेस एबं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको बिषय भएको बताउनुभयो । तत्कालिन समयमा सर्बोच्च अदालतमा मुद्धा परेका कारण रोकीएको र अहिले दिन मिल्ने गरि फैसला भएकाले रकम दिन लागिएको बताउनुभयो । आर्थिक समस्याका कारण किस्ताबन्दिमा लडाकुहरुलाई रकम दिने बिषयमा छलफल भईरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । अहिलेको निर्णय यो नभएको भन्दै उहाँले भन्नुभयो “मैले गरेको निर्णय भनेर प्रभार गरिएको छ । यो झुटो हो भन्ने प्रष्ट पार्न चाहान्छु ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको उहाँले बताउनुभयो । दाहालले भन्नुभयो “राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भिर बिषय हो ।” अर्को एक प्रश्नमा खेलकुद क्षेत्रको बिकासमा सरकारले प्राथमिकता दिएको उहाँको भनाई थियो । नेपालमा माओवादी केन्द्रका खेलकुद मन्त्री हुँदा यहाँको खेलकुदको बिकासमा महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनुभयो । सरकारले कृषि उत्पादन, रोजगारी र युवा लक्षित कार्यक्रमलाई बजेटमा जोड दिने पनि बताउनुभयो । सो अवसरमा दाहालले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको क्यालेयडरको लोकार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !