चितवन:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउनुभएको छ । आज दिउँसो उहाँ जहाजबाट चितवन आउनु भएको हो ।
नवलपरासीको गैंडाकोटमा स्थानियको साझेदारीमा आइएमई समुहले निर्माण गरेको मौलाकालिका केवलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल चितवन आउनुभएको हो । यो संगै प्रधानमन्त्री दाहालले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसंग प्रधानमन्त्री, विहानै हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले संञ्चालन गरेको प्याराग्लाइडिङ्को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दाहाल आज शिवनगर स्थित आफ्नै निवासमा रहने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल सोमबार चितवन र नवलपुरका बिभिन्न कार्यक्रमहरुमा सहभागी भई दिउँसो १ वजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !