चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउँदै हुनुहुन्छ । नवलपरासीको गैंडाकोटमा स्थानियको साझेदारीमा आइएमई समुहले निर्माण गरेको मौलाकालिका केवलकारको सोमबार उद्घाटन गर्ने प्रधानमन्त्री दाहालको कार्यक्रम रहेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जीबि शर्माले दिउँसो २ः २० को जहाजबाट प्रधानमन्त्री दाहाल आउने कार्यक्रम रहेको जानकारी दिनुभयो । दाहाल आज शिवनगर स्थित निवासमा रहने र अन्य सार्वजनिक कार्यक्रम नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !