
चितवनः चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा बन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनिहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६ जना निकुञ्ज क्षेत्रमा र ३ जना डिभिजन वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा मृत्यु हुनेमा एक जना बाघको आक्रमणबाट, २ जना गैंडाको आक्रमणबाट, ३ जना हात्तीको आक्रमणबाट भएको हो । अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावारको आक्रमणबाट मृत्यु भएको हो ।
डिभिजन वन क्षेत्रमा वदेल, गौंडा, बाघ लगाएतका जनावारको आक्रमणबाट मृत्यु भएको उहाँले बताउनुभयो । यस्तै यस वर्ष गम्भिर घाईते १२ जना, सामान्य घाईते १५ जना भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पशुधन क्षति १२३ वटा, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घर गोठमा क्षति १७ वटा, अन्नबालिमा क्षति २४० पटक भएको छ ।
निकुञ्जले चालु आर्थिक वर्षमा क्षतिको राहत स्वरुप रु १ करोड ५० लाख ७१ हजार १११ रकम बुझाएको उहाँले बताउनुभयो ।