चितवनः विश्व हिन्दु महासंघकाे केन्द्रय सदस्यमा चितवनका घनश्याम पाैडेल निर्विराेध निर्वाचित हुनु भएकाे छ । यहि चैत २२ गते बुटवलमा भएकाे महासंघकाे आठाै अधिबेशनले पाैडेललाई सर्बसहमत केन्द्रीय सदस्यमा निर्वाचित गरेकाे हाे । चितवनका युवा व्यवसायी पाैडेल महासंघ जिल्ला समितिमा रहेर काम गर्दै आउनु भएकाे थियाे ।
महाधिबेशनले डा. रामचन्द्र अधिकारीकाे अध्यक्षतामा ८४ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । जसमा सह अध्यक्ष एक जना, उपाध्यक्ष ९ जना, महासचिब १ जना, सचिब ४ जना, सह काेषाध्यक्ष २ जना र सदस्यमा ६६ जना निर्विराेध निर्वाचित हुनु भएकाे हाे । महासंघले नेपाललाई हिन्दु राज्य कायम गरिनु पर्ने मुद्दा बाेक्दै आएकाे छ ।






