चितवनः आगामी बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आव्हान गरेको छ । आयोगले एक सूचना जारी गर्दै फागुन १० गते देखि १६ गते सम्म दल दर्ताका लागि आव्हान गरेको हो ।
सूचनामा भनिएको छ “वि.सं. २०७९ फागुन ५ गते सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई नेपालको संबिधानको धार २७१ र राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४ बमोजिम संवत २०७९ साल फागुन १ गते देखि २०७९ साल फागुन १६ गते सम्म कार्यालय समयभित्र जारनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिकको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको छ ।”
प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिका समेत सार्बजनीक गरिसकेको छ । चैत २० गते लाई मनोनयनको कार्यतालिका सार्बजनिक भएको छ । निर्वाचन आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको बिरोधमा उजुरी, २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !