दुर्लभ एक सिंगे गैंडा संरक्षण सम्बन्धी छलफल आज देखि यहाँ सुरु हुँदै छ । एशियाका पाँच देशका उच्च अधिकारीहरुको छलफल सहभागी हुने छन् । ‘थर्ड राईनो रेञ्ज कन्ट्रिज मिटिङ’ को राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन वहादुर श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज देखि तीन दिन चितवनको पटिहानीमा छलफल हुन लागेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इण्डोनेशिया र मलेसियाका उच्च अधिकारीहरु बैठकमा सहभागी हुनेछन् । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशक सहित मन्त्रालयका सहसचिवहरु बैठकमा सहभागी हुनु उहाँले जानकारी दिनुभयो । यससँगै अरु देशबाट पनि गैंडासँग सम्बन्धित विज्ञहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । फिल्डमा रहेर काम गर्ने कर्मचारीहरु पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । उहाँका अनुसार विज्ञहरुले कार्यपत्र र अनुभव आदानप्रदान गर्नुहुनेछ । विश्वमै सबैभन्दा बढी एकसिंगे गैंडा क्रमशः भारत, नेपालमा पाईन्छ । यसको संरक्षणमा देखिएका चुनौतीहरुका विषयमा बृहत छलफल गरी आगामी योजनाकाहरु तय गरिने बताईएको छ । यस अघि पहिलो बैठक इण्डोनेशिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !