नेपालकाे वायु सेवामा फेरि एकपटक प्रश्नवाचक चिन्ह लागेकाे छ । यती एयरलाइन्सको ‘९एन एएनसी एटीसआर ७२-५००’ विमान ६८ यात्रीसहित ४ जना चलक दलका सदस्य गरी ७२ जना सवार जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा परेकाे छ । ७० जनाको ज्यान जाने गरी भएको दुर्घटनाले फेरि नेपालकाे वायू सेवाकाे सुरक्षामाथि शंङ्का पैदा गरिदिएकाे छ। अन्तराष्टिय जगतमा यसै त नेपालकाे वायूसेवालाई त्यति सुरक्षित मानिदैन त्सैमाथि पटक पटक हुने दुर्घटनाले यसलाई थप पुष्टि गरिदिएकाे छ । पाेखरा देशकाे पर्यटकीय राजधानी, देशकाे सुन्दर नगरी हाे । यश दुर्घटनाले पर्यटनकै क्षेत्रमासमेत चाैतर्फी खलबल मच्चाएकाे छ । एकातिर यति ठूलाे धनजनकाे क्षतिले पाेखरा र देशनै शाेकमग्न छ भने अर्काेतिर पर्यटनलाई मेरुदण्ड बनाएर सर्वाङ्गिण विकासकाे फड्काे मार्ने तरखरमा रहेकाे पाेखरालाई गासमा ढुङ्गा लागेकाे छ ।
दुर्घटना पश्चात् सरकारले आकस्मिक मन्त्रिपरिषदको बैठक राखेर सोमबार शोक विदा दिने निर्णय गर्याे । पूर्वसचिव नागेन्द्र घिमिरे नेतृत्वको छानविन समिति गठन गरेकाे छ । दुर्घटना पश्चात् यस्ता समिति निर्माणकाे कार्य नयाँ भने हाेइन । समिति वन्छ अध्ययन हुन्छ र समितिले प्रतिवेदन पनि वुझाउँछ तर त्यसकाे कार्यान्वयन हुन्छ वा हुँदैन याे कसैलाई थाहा छैन । यदि हुन्थ्याे र स्पस्ट छानविन भै सत्य तथ्य सुझाव विगतका समितिहरुले बुझाएकाे हाे भने दुर्घटनाकाे क्रम किन राेकिएन ? नेपालकाे वायु सेवाका समस्या के छन् ? के साच्चिनै नेपालकाे हवाइमार्ग जाेखिपूर्ण छ? याे दुर्घटनाले कैयाै प्रश्न खडा गरेकाे छ ।
नेपालमा सडक यातायातकाे एक मात्र विकल्प हवाइ सेवा हाे । यसलाई भरपर्दाे र विश्वासनीय बनाउन नसक्ने हाे भने नेपालकाे पर्यटन क्षेत्रमा ठूलाे धक्का लाग्ने निश्चित छ । प्राकृतिक सम्पदाकाे धनी देश नेपालकाे आर्थिक विकासकाे भरपर्दाे र सबैभन्दा धेरै सम्भावना भएकाे पर्यटन क्षेत्रमा याे दुर्घटनाले पक्कै चुनाैति थपिदिएकाे छ । देशकाे आर्थिक सङ्टलाई ब्यवस्थापन गर्न एक मात्र भरपर्दाे विकल्प पर्यटन हाे, यसका लागि उपयुक्त वातावरण निर्माण गरिदिने जिम्मेवारी सरकारकाे हाे । नेपालकाे सन्दर्भमा भन्नुपर्दा सवैजसाे विदेशी पर्याटक हवाइ मार्गबाट नेपाल प्रवेश गर्छन् । यस दुर्घटनाले विश्वमा फैलेकाे नेपाली हवाई सेवाप्रतिकाे त्रासलाई चिर्ने गरि नागेन्द्र घिमिरेकाे आयाेगले काम गर्ला या नगर्ला तर दिएका सुझावहरुकाे पूर्ण कार्यान्वयनमा भने शंका पैदा भएकाे छ । यश अगाडि बनेका आयाेगका प्रतिवेदनहरुकाे कार्यान्वयन भयाे कि भएन? यदि भएकाे छ भने अध्ययन पूरा भएन यदि भएकाे छैन भने कुन पक्षले कार्यान्वयनमा बाधा पुर्याएकाे हाे त्यसकाे खाजी जरुरी छ । हरेक दुर्घटनामा आयाेग वन्ने प्रतिवेदन वुझाउने तर दुर्घटनाकाे क्रम किन राेकिदैन ? सम्बनधित पक्षले साेच्नु जरुरी छ ।
पाेखरा हवाई दुर्घटनाको क्षतिले नेपाली वायु सेवा अझै त्रसदीपूर्ण छ भन्ने शंका निम्त्याएकाे छ । यसले नेपाली हवाई नीति र सुरक्षणप्रति एउटा गम्भीर चुनाैति खडा गरेकाे छ । शाेक विदाभन्दपनि विश्वसनीय हवाइ नीति भावी दुर्घटनाप्रति सचेत हुनुपर्ने अवसथा आएकाे छ । दुई देश भारत र थाइलेण्डले चलाएपश्चात नेपाल भित्रिएकाे यति एयरकाे पाेखरा जहाज दुर्घटना पछाडिकाे सत्यता अक्षरशः बाहिर आउनु जरुरी छ । हवाइ नीति २०७७ ले सेकेण्ड हेन्ड जहाज खरिदमा राेक त लगायाे तर पुराना चलिरहेका जहाज परीक्षण र सुरक्षानीति के भन्ने प्रश्नकाे जवाफ स्पस्ट किटान भएन । दक्ष प्राविधिक र हवाई परीक्षण प्रणालीलाई यश दुर्घटनाले गिज्याइरहेकाे छ , अन्तरास्ट्रिय हवाइ क्षेत्रमा यहाकाे हवाई प्रणालीकाे विश्वासनीयता झन कम्जाेर पारेकाे छ । याे अवस्थामा नागरिक उड्डययानकाे क्षेत्रमा स्पस्ट र सुरक्षीत नीतिकाे खाँचाे छ । भागवन्डाबाट हाेईन यश क्षेत्रमा स्पष्ट नीति निर्माण गर्नसक्ने ब्यक्तिकाे खाँचाे देखिएकाे छ । नेपाल जस्ताे अल्पविकसित देशमा आशा गर्ने आधार पर्यटन हाे , पर्यटनको महत्वपूर्ण क्षेत्र पाेखराकाे याे विमान दुर्घटना हल्का रुपमा लिएर विगतकाे जस्ताे कामचलाउ र मत्थर गराउने नीति मात्रैले अर्थ रहदैन ।