चितवनः वन्यजन्तुको बिचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई तिब्र वनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान वनाउने काम सुरु गरेको हो । निकुञ्जको तमोरताल क्षेत्रमा नयाँ घासेमैदान निर्माणको काम भईरहेको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अहिले नयाँ घासेमैदान निर्माण र पुरानको व्यवस्थापनको काम भईरहेको छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्ष आयोजना अन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस आयोजना अन्तर्गत २२५ हेक्टर क्षेत्रफमा घाँसेमैदा व्यवसथ्पान र निर्माणको काम सुरु गरिएको हो । घाँसेमैदा व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो “निकै कम रकममा ठेक्क परेको छ ।” अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदा व्यवस्थापनको काम भईरहेको उहाँले बताउनुभयो ।
निकुञ्जको लामिताल, सुखिभार, भिम्ले लगाएतका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम भईरहेको छ । यस्तै तराई भू परिधि कार्यक्रम अन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदन व्यवस्थापनको काम समेत भईरहेको उहाँले जानकारी दिनुभयो । यसका लागि रु १५ लाख वजेट बिनियोजन भएको उहाँले बताउनुभयो । निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँसहरु काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यानहरु काटेर निर्माणको काम भईरहेको छ । पश्चिम क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिए लगत्तै पूर्बी क्षेत्रमा काम सुरु गरिने छ । पूर्बी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमती लिएर घाँसेमौदन व्यवस्थापनको काम गरिरहेको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो “चैत महिना भित्र घाँसेमैदान व्यवस्थापनको काम सक्ने गरी अघि वढेका छौ ।”
निकुञ्जको १० प्रतिशत भूभाग घासेमैदान रहेको उहाँले जानकारी दिनुभयो । घाँसे मैदान व्यवस्थापन संगै आहारा प्रजातीका जनावरको संख्या बढ्ने र जनावार मानबीय बस्ती क्षेत्रमा जाने काम समेत कम हुने उहाँले बताउनुभयो । घाँसे मैदान व्यवस्थापनले मानब र वन्यजन्तु बिचको द्धन्द्धमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ ।

प्रतिक्रिया दिनुहोस !