काठमाडौंः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।

आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आउनुभएको थियो ।
उहाँको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका सदस्य रविन भुजेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा हुनुहुन्थ्यो । आमा मनमायाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भुजेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !