चितवनः नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बुधबार राती ८ बजे नारायणगढ मुग्लिन–सडकखण्ड अन्तर्गत भरतपुर २९ जुगेडीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी २५ बर्षिय पुरुषको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।







