चितवनः नेपाली काङ्ग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको निर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्बाचित जनप्रतिनिधिहरु आफ्नो स्वार्थमा लागेर सेवा सुबिधा तर्फ मात्रै केन्द्रित वनेको गुनासो रहेको छ । यस्ता गुनासाहरु नआउने गरी काम गर्नुस् ।” स्थानीय जनप्रतिनिकिा आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उहाँले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले काङ्ग्रेसको घोषणा पत्र र बिचार बोकेर काम गर्नुपर्ने बताउनुभयो ।
देशमा दिगो शान्ति कायम गर्नका लागि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने भन्दै उहाँले यसका लागि स्थानीय सरकारको कामको मूल्याङ्कनबाट मात्रै सम्भव हुने बताउनुभयो । पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उहाँको भनाई थियो । काङ्ग्रेसबाट टिकट पाएर पराजीत भएका प्रत्यासीहरुले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो“निर्वाचन हारे पछि सुत्नका लागि काङ्ग्रेसले टिकट दिएको होइन । अझै सक्रियता बढाउनु पर्छ, जसले गर्दा बिकासमा आफ्नो पनि भूमिका देखियोस् ।”पाँच वर्ष सम्म स्थानीय तहको निगरानी र खवरदारी आबश्यक रहेको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उपसभापति खड्काले अहिलेको गठवन्धनबाटै प्रदेश र संघिय निर्वाचन हुने बताउनुभयो । उहाँले थप्नुभयो “यही गठवन्धनबाटै प्रदेश र संघिय निर्वाचन गरेर दुई तिहाई बहुमत ल्याउनु पर्छ ।” गठवन्धनबाट निर्बाचन गरेर काङ्ग्रेसलाई पहिलो शक्ति बनाउने उहाँले बताउनुभयो । स्थानीय तहको निर्बाचनमा देखिएको कम्जोरी सबैले स्विकार गर्दै आगामी कार्यक्रम वनाउनु पर्ने बताउनुभयो ।
सो अबसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको कार्यशैलीमा परिवर्तन आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचित जनप्रतिनिधि र पार्टीका बिचमा समन्वय गर्नु पर्ने हुन्छ ।” यसले पार्टीलाई चलायमान हुने बताउनुभयो । गठवन्धनको निर्णयलाई असर गर्ने अभिव्यक्ति नदिन काँग्रेस नेता कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ्ले जनप्रतिनिधिहरु आँफु खुशि चल्ने परिपार्टीले पार्टीलाई क्षती पुग्ने बताउनुभयो । सो अबसरमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, निबर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राजिव न्योपाने, महासमिति सदस्य गिता देवकोटा, जनप्रतिनिधिहरु भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष श्रीकृष्ण देवकोटा लगाएतले बोल्नु भएको थियो ।






